जर्मनीको लिगमा झुन्डिएर चल्ने रेल, वुपरतालमा यस्तो रेल हेर्न दैनिक हजारौ पर्यटक यहाँ आउने गर्दछन ।
कोहलपुरको बागेश्वरी मन्दिरनेरको ताल, सुदूरपश्चिम जाँदाको फोटो परेछ ।
बागलुंगका मैयाहरु बुर्तिबांग आएका थिए, फर्कनलाई जीप नपाए पछि रुन लागेका थिए । झण्ड ठूलाबडासंग झगडा गरेपछि दोश्रो दिन बागलुंग आउन पायौ ।
युर्गा र मरियससंग नेपाली संस्कृतिबारे छलफल गर्दै पीस प्यालेस होटेलमा ।
नागरिक बडापत्रको बिमोचनमा बागलुंग, म्याग्दी र पर्वतका भ्रष्टाचारविरुद्ध जिल्ला संजालका अध्यक्षहरु ।
कार्यक्रम सदाचारिता सम्मानको तर भ्रष्टाचारीलाई चोख्याउन पाइदैन ल !
महाकाली नदीमा भारतले के गरेको रहेछ भन्ने देख्नेबित्तिकै आँशु रसाउँदोरहेछ आँखामा ।
जनजातिहरु सचेत हुनुपर्छ तर सबै नेपालीबीच एकता र सद्भाव रहीरहनुपर्छ । विकट गाउँ निसीमा संबिधानसभासम्बन्धी सचेतना अभियानमा ।
उनीहरु कहाँ छन् ? बेपत्ता नागरिक सरोकार अभियानको शिलसिलामा मेची महाकाली साइकल यात्रामा ।
एक अर्को विकट गाउँमा संविधानसभा सचेतना ।
सृजनशील नारी समाज बुटवलका दिदीबहिनीहरुसंग संस्थागत व्यवस्थापनबारे छलफल ।
बुर्तिबांगमा सुरक्षित मातृत्व र परिवार नियोजन सचेतना अभियान ।
चिसापानी पुलनेर साइकल यात्रामा ।
बेगनास तालनेर साथीहरु रमेश, हेमराज, सिलेंन हिटन र विनीतासंग ।
गाउँ जादैछौ तेजेन्द्र, टासोस, मनकुमारी, म, लालबहादुर र ओमकार । स्मरणीय थियो यात्रा ओमकारजी र टासोस बिरामी परेर बीचैमा फर्कनु भए पनि ।
संबिधानसभा चुनाव परिवेक्षण, कतिपय ठाउंमा झडप भए कार्यकर्ताहरुबीच । दलहरु र अस्पष्ट मतदान अधिकृतहरुका कारण ।
नमस्कार ! यो हो हामी सबैको बागलुंग एफएम, हामी उपस्थित भइसकेका छौ कार्यक्रम संविधानसभा र मानव अधिकार लिएर । म देवी अनि म योगेन्द्रमिलन ।
संस्थागत व्यवस्थापन छलफलमा मिलन म्याग्दीका पदाधिकारी एवं कर्मचारी साथीहरुसंग ।
२२ अप्रिल २००८ मा मेरो बुवा बित्नुभएको थियो ।
झारकोट पुग्न थाल्यौ, होटेल प्रकाशमा बडो रमाइलो भएको थियो । शुभ, पाउल, मिकान्जी र म ४ जना मुक्तिनाथ भ्रमण जाँदा ।
कत्ति मज्जा ! शान्त, सफा, हराभरा चितवन ।
सफा टेम्पोको पालामा सुन्धारानेर ।
हिन्दू होइन तर अगाध सम्मान छ, किनकि मेरो बुवाआमा दशैँ मनाउन लागिपर्नु हुन्थ्यो ।
कोक्यापका साथीहरुसंग ठाउं ठाउंमा सम्मान, ठाउँ ठाउँमा स्वागत । एउटा मात्र खुट्टालेसमेत --बुटवल ???-- बाट महाकालीसम्म साथ दिनुभयो हामीलाई यी साथीले ।
लघु जलविद्युतको टोलीसंग हामी मिसियौ, भीमगिठे जान ।
बेदबहादुर बुढा र अर्को एकजना शिक्षक साथीसंग बागलुंग बजारमा ।
घांसी कुवा तनहुँमा । सम्झना राख्नुपर्ला नि शालिकसंगै खिचेको फोटो ।
नमूना संविधानसभा निर्वाचनमा नमूना मतदान अधिकृतको भूमिकामा । जिल्लामा पहिलो नमूना मतदान गराउंदा राजनीतिज्ञ, प्राध्यापक, शिक्षक, व्यापारी, कर्मचारी, विद्यार्थी र सयौ सर्वसाधारणको सहभागिता रहेको थियो । राजधानीसम्म संचारमाध्यमहरुमा चर्चा चलेको थियो ।






