गैह्र आवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलको तेश्रो अधिवेशनमा मैले पनि सचिव पदमा उम्मेदवारी दिएको छु । यहाँहरुको अमूल्य मत दिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु ।
किन आए म चुनावी मैदानमा ?
एनआरएन गैह्र राजनीतिक संस्था भएकोले राजनीतिक, क्षेत्रीय, जातीय र लैंगिक विभेद नगरेर स्वतन्त्र र निष्पक्ष रुपमा सम्पूर्ण नेपालीहरुको वकालत गर्न ।
यसकारण फरक छ मेरो उम्मेदवारी
- पोर्तुगल प्रवेशपछि नेपालीलाई कानूनी बसोवास प्रक्रियाका लागि चाहिने जानकारी एवं आइपरेका समस्याहरु समाधानका लागि पहल गर्ने छु ।
- बेरोजगारको समस्यालाई न्यूनीकरण गर्न रोजगारदाता कम्पनी, एजेन्सी र सम्भाव्य अवसरबारे जानकारी प्रदान गराउने छु ।
- एनआरएनलाई स्रोतकेन्द्र बनाउन पहल गर्नेछु । (जस्तै : भाषा कक्षा, आवश्यकता परेका तालिम, पुस्तकालय, नेपाली र संघ संस्था र व्यवसायीहरुको अद्यावधिक जानकारी, वेवसाइट आदि।)
- संस्थागत विकास र पारदर्शिताको हिसाबले नमूना एनआरएन बनाउन पहल गर्नेछु ।
- राजदूतावास वा अधिकारप्राप्त कन्सुलर स्थापनाका लागि संस्थागत पहल गराउने छु ।
सहयोगको अपेक्षासहित,
योगेन्द्रमिलन छन्त्याल (सम्पर्क : ९१८७९९९६९)