पोर्तुगल, १२ जेठ । पोर्तुगल आदिवासी जनजाति महासंघले एनआरएन अधिवेशनमा सचिवको उम्मेदवारीसंग आदिवासी जनजातिको नाम जोड्दै दलहरुले व्यक्तिगत रुपमा लान्छना लगाउनु मान मर्यादा र मानव अधिकारको हनन भएको उल्लेख गरेको छ ।
दलहरुले जारी गरेको विज्ञप्तिको खण्डन गर्दै महासंघले जुनसुकै एनआरएन मतदाता उम्मेदवार बन्न र निर्वाचनमा भाग लिन पाउनु उसको स्वतन्त्रता भएको जनाएको छ ।
दलहरुले जारी गरेको विज्ञप्तिको खण्डन गर्दै महासंघले जुनसुकै एनआरएन मतदाता उम्मेदवार बन्न र निर्वाचनमा भाग लिन पाउनु उसको स्वतन्त्रता भएको जनाएको छ ।
महासंघका कार्यबाहक अध्यक्ष गणेश लिम्बु र महासचिव दावा पाख्रिनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ :'चुनावी प्रतिस्पर्धामा आएका उम्मेदवारहरुलाई स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण बनाइनुपर्दछ ।' - सहयात्रा डट कम