Tuesday, February 7, 2012

"पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था"


"हाम्रो चाहना" दशौ शृंखला 
नमस्कार एवम हार्दिक अभिवादन ! समाचार, विचार, सूचना र मनोरञ्जनको नेपाली वेभसाईट सहयात्रा डट कम, तपाईको आफ्नै रेडियो दर्शन नेपाल एफएम पोर्चुगल, संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन क्यानाडा र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" का साथ आज पनि यहाँ समक्ष आइपुगेको छु म योगेन्द्रमिलन छन्त्याल l म पोर्तुगलको लिस्बोन शहरबाट बोलिरहेको छु ! आजको कार्यक्रमम "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" विषयमा छलफल गर्दैछौ ! साथमा हामीसंग मीठा मीठा नेपाली गीतहरु पनि छन l कार्यक्रम अवधिभर हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वास गरेका छौ l
...............................................................................
फरक फरक परिवेश, फरक फरक अवस्था, फरक फरक वातावरण, फरक फरक शहर, फरक फरक देशमा आ आफ्नै कथा, व्यथा र संघर्षका अनुभवहरु संगाल्दै लाखौ नेपालीहरु प्रवासमा जीवन बिताइरहेका छन् l अझै दिन दिने हजारौ युवाहरु विदेश पलायन हुदैछन l तपाई बस्ने शहरमा थुप्रै कथाहरु होलान l हामी बस्ने शहरमा उस्तै छ नेपालीहरुको सपना l हाम्रा गाउँमा पनि नयाँ नयाँ संघर्ष र परिवर्तनका प्रयासहरु भैरहेका छन् रे l

कसैको अवस्था अलिक सहज होला, कसैको तुलनात्मक रुपमा अलिक कठिन l तपाईलाई थाहा छ, नआत्तिनुस जिन्दगी संघर्ष हो रे र संघर्षको फल मिठो हुन्छ रे ! संघर्ष गर्दै संसारभर छरिएका नेपाली दिदीदाजु, बहिनीभई सबैको चाहना समेटेर हामी यो कार्यक्रम संचालन गर्ने गर्दछौ l

यसै क्रममा आज एशिया र युरोपका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुको गन्तव्य शहर लिस्बोन, पोर्तुगलको रोस्सियोमा यो कार्यक्रम तयार गर्दैछौ l हामीले अहिले ४ जना नेपाली युवाहरुसंग "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" बारे छलफल गर्न जुटिरहेका छौ l हामीसँग अहिले यसबारे छलफल गर्न विगत साढे २ वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका पर्वतका साथी बाबुराम भुसाल हुनुहुन्छ । उहाँले यहाँको रेजिडेन्स पर्मिट पाइसक्नुभएको छ । अरु ३ जना नयाँ साथीहरु हुनुहुन्छ काठमाण्डौका प्रतिमा थापा, नवलपरासीका सतिश खनाल र सुनसरीका कला राई । आउनुहोस् उहाँहरुसँग भलाकुसारी शुरु गरौ ।
…......(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी)...................…..................................

सबैको आ-आफ्नै सपना l सपना पूरा गर्नलाई कहाँबाट कहाँ धाउनुपर्ने, के बाट के बन्नुपर्ने, सबै कुरा भोग्नुपर्ने l तपाई पनि जिन्दगीमा धेरै पटक यो कुरा सोच्नुहुन्छ हैन र ? सुन्नुहोस यो नेपाली गीत त्यसपछि हामी फेरि प्रसंगलाई जोड्ने नै छौ l
…..........................................................

हर रात सपनीमा …..................................

कार्यक्रममा फेरि स्वागत छ यहाँलाई l हाम्रो चाहनाको दशौ शृंखलामा छौ हामी आज lविद्यार्थी, युवा, शिक्षक, व्यापारी, कलाकार, वकिल, पत्रकार, डाक्टर, पाइलट, इन्जिनियर, नेता, अधिकृत, प्राध्यापक सबै तह तप्काका लाखौ दक्ष र उत्पादनशील मानवीय स्रोत विदेश पलायन भएको पाइन्छ l हाम्रो देशका यी खम्बाहरु विदेशका गल्लीगल्लीमा हण्डर र ठक्कर खादै भविष्यको खोजीमा सुस्केरा फालिरहेका भेटिन्छन l बाटोघाटो, चोकचौतारो, सडकगल्ली जताततै समस्या खेपिरहेको र देशलाई सम्झिरहेको कुराहरु सुनिन्छन l सबैले दोष दिन्छन वर्तमान राजनीतिलाई । फेरि हामी ४ जना नेपाली युवाहरुसंग "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" बारे छलफल गरौ । यो चरणमा हामी पोर्तुगलमा नेपालीहरुको अवस्था र इमिग्रेशन प्रक्रियाबारे छलफल गर्ने प्रयासमा छौ । आउनुहोस् हामी पनि रोस्सियोमा रहेका साथीहरुसँग छलफलमा जुटौ । .....(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी).....
.......................................................................
२) मरिन्छ कि विदेशमै बहिनी भेट हुनै गाह्रो छ …...............

तपाई भर्खर मात्र समाचार, विचार, सूचना र मनोरञ्जनको वेभसाईट सहयात्रा डट कम, ptnepal.com वा radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, प्रवासीको चाहना वा नेपालमा रहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले पोर्तुगलको लिस्बोन शहरबाट बोलिरहेकोछु l यहाँले फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै chhantyal-blog लगायत दर्जनौ वेभसाईट र blog हरुबाट चाहेको बेला जुनसुकै समयमा संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ l हामी "पोर्तुगलमा आप्रवासीका लागि प्रक्रिया र नेपालीहरुको अवस्था" विषयमा छलफल गरिरहेका छौ l

सबै उत्पादनशील मानवीय स्रोत विदेशतिर भाग्दैछ, कारण के हो ? के का लागि यस्तो भएको हो ? को जिम्मेवार छ ? यी समस्या समाधानका लागि कसले के के गर्नुपर्छ ? यसबारे हामी फेरि विगत साढे २ वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका पर्वतका साथी बाबुराम भुसाल, उहाँले यहाँको रेजिडेन्स पर्मिट पाइसक्नुभएको छ । अरु ३ जना नयाँ साथीहरु काठमाण्डौका प्रतिमा थापा, नवलपरासीका सतिश खनाल र सुनसरीका कला राईसंग कुराकानीको क्रमलाई जोड्दैछौ । आउनुस् फेरि उहाँहरुको विचार सुनौ l ..(बाबुराम, प्रतिमा, सतिश र कलासँगको कुराकानी)...…........…...............................
३) भुल्यौ कि परदेशी …................


आँटले नहांसे पनि दाँतले हाँस्नुपर्छ, हृदयले तिरस्कार गरे पनि दुइ हातले नमस्कार गर्नुपर्छ l भिमनिधि तिवारीको भनाइजस्तै विदेशमा अनगिन्ति समस्याहरु छन् । पीडामा छट्पटिनुपर्छ । तर नेपालमा रहेकाहरु भने सोच्ने गर्नु हुन्छ पैसा त पर्स्याउला जस्तो जम्मा पार्न सकिन्छ होला पोर्तुगलमा पनि । कस्तो छ त वास्तविक अवस्था आ उनुहोस् गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य एवं पोर्तुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालजीसँग छलफल गरौ यिनै सेरोफेरोमा l ..(मकर हमालसँगको कुराकानी).......................
४) सबैभन्दा धेरै मलाई …...........................

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ samaya सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिदै रहनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l भ्रष्टाचार गर्न बन्द हुनुपर्छ, रोजगारीको स्रिजना हुनुपर्दछ । खुट्टा तानातानको संस्क्रितिको अन्त्य हुनुपर्दछ । देशकालागि राजनीति हुनुपर्दछ, व्यक्तिगत स्वार्थका राजनीति गर्ने संस्क्रितिको अन्त्य हुनुपर्दछ । शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्दछ । देशमा यस्तो वातावरण बनाउनुपर्दछ कि देशबाहिर रहेका दक्ष र उत्पादनशील मानवीय स्रोत देशमै फर्किउन् । अर्को अंकमा नयाँ विषयमा छलफल लिएर आउंनेछौ, प्रतिक्षा गर्नुहोला । आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !