Wednesday, February 1, 2012

एनडिएफ महासचिव उमेश चौलागाईको मुटुमा राँको


एनआरएन पोर्चुगलमा सहमतीको पृष्टभुमी, निर्वाचनको वाध्यता र सिकाउनु पर्ने पाठ : उमेश चौलागाई

आफू भिजेर अरुलाई छाता दिनेको खांचो छ । सहमतीको लागि एनआरएन पोर्चुगलमा । एक जना पत्रकारको यो फेसबुक वालमा लेखिएको पोष्टले मलाई धेरै दिन छोईरहयो । धेरैले यसलाई सकारात्मक रुपमा लिईरहे । त्यस भन्दा पहिले सवै संघ संस्थाहरुलाई डाकेर एनआरएन वारेमा धारणा वनाउने लगायतको काममा एउटा समूह कृयाशिल भईरहेयो । साच्चै कुनै कुरालाई जिम्मेवारीका साथ उठाउने र त्यसको तर्कपूर्ण समाधान तिर जाने प्रवृतीको कता कता अभाव खट्किन्थ्यो पहिलेदेखिनै पोर्चुगलमा । सायद समाजको त्यो जिम्मेवारी बहन गर्न तत्परता लिने मध्यमार्गीहरुको साच्चै प्रबेश भयो झै लाग्दथ्यो । यी गतिविधिहरुले । माथीको पृष्टभुमीमा सहमतीको अन्तीम खाका वनाउन जव जनसम्पर्क समिति नेपाली लोकतान्त्रीक मंच र नेपाली जनप्रगतिशील मंच पछिल्लो पटक बसिएको थियो । सौहार्दपुर्ण शुरुवातका साथ छलफल कुराकानी र वादविवाद भयो साथमा त्यतिकै आवेश र आक्रोसको वातावरण पनि वनीरहयो । एउटा साझा विषयमा विचारको विवाद र टकराव स्वभाविक पनि थियो ।

एकजना भन्दै हुनुहुन्थ्यो आज पनि सहमतीमा कुरा नमिल्ने हो भने साच्चै पोर्चुगलमा हामीलाई थुक्नेछन । हामी मुख देखाउन लायक हुने छैनौ । बुद्ध जयन्तीमा सहभागी हुदा आफ्नो बुझाईलाई उहांले यसरी राख्नु भो । विभिन्न कोणवाट सहमतीको छलफल वादविवाद भनाभनको सौहार्दपूर्ण अन्तसंगै विहानको ३।३० वजे सहमतीमा कुरा मिल्यो । िसंगो नेपाली समाजको साझा घरको रुपमा एनआरएनलाई अगाडी बढाउने सोचका साथ  यो सहमती भएको थियो । जसमा रचनात्मक भुमीका एनआरएनको वर्तमान कार्यसमिति र पत्रकारहरुको थियो । हामी आतुर थियौ तर  भोलीपल्ट आफ्ना संगठनमा छलफल गर्ने काम बाकी नै थियो  तसर्थ  बेलुकी ५।३० बजे पत्रकारहरुलाई राखेर जानकारी गराउने विषयमा सवै सहमत भईयो  । भोलिपल्ट जानकारी गराईयो कार्यक्रम एनआरएनले आयोजना गरेको थियो । हामीले पत्रकार भेटघाटको अन्तमा भन्यौ हाम्रा समाचारहरु जिम्मेवारीका साथ विवेकपूर्ण ढंगले लेखिदिनु ताकि  हामीविचको व्यवस्थापन सजिलो वनोस र त्यसले स्वतन्त्र उम्मेदवारका मनोकांक्षीहरुको आत्मबल नवढोस । सहमतीको एउटै साझा भावना समाजका सवै पक्षको प्रतिनिधीत्वको सुनीश्चीतता नै थियो । धेरै र थोरै अनि जित र हारले कुनै अर्थ राखेको थिएन ।

प्रेस भेटघाटको भोलीपल्ट निर्वाचनमा मनोनयन दिने अन्तीम दिन थियो । तीन वटै संगठनबाट सहमतीको  साझा भावनाको प्रतिनिधीत्व हुने गरि मनोनयन दर्ता गरियो । समाज माथीको दायित्व पुरा गर्न चुकेनन तीन संगठनहरु तर उम्मेदवारको प्रकाशित नामावली हेर्दा भने सहमतीको विरोध गर्नेमा एक पत्रकार पनि अघि सरेका रहेछन । सहमतीको छाता छोडेर असहमतीको घुम ओड्ने ती पत्रकार माथी व्यक्तिगत रुपमा आलोचना गर्नु  मेरो मनसाय होईन  तर कहिलेकाही असल ठानीएको पात्रले गलत सोच र प्रवृतीकॊ नेतृत्वगर्दा हुने पीडाबोधको स्वभाविक प्रतिकृया हो यो । आज युरोपको सुदुर पश्चिमवाट सवैतिर सहमती र सहकार्यको सन्देश प्रवाह गर्ने असल मनोकांक्षामा तुषारापात भएको छ । यो यसर्थ कि सर्व सहमतीवाटै कार्यसमिति वनाउनमा जोड दिदै निर्वाचनको अवस्था सम्म नलैजाने वातावरण सृजना गर्ने चाहना विपरित हामी माथी निर्वाचनमा जानै पर्ने बाध्यता सिर्जना भएको छ । तथापी निर्वाचन प्रजातन्त्रको सौन्दर्य हो । व्यक्तिको प्रबृती सोच  र चिन्तन माथी असहमती भएपनि संस्थाको सदस्यको नातामा निर्वाचनमा जाने व्यक्तिको अधिकारको सम्मान गरिनु पर्दछ ।

कुतीमा गएर काशीको वाटो खोज्ने प्रबृतीका मान्छेहरु समाजमा हुदासम्म हाम्रा साझा लक्ष्यमा पुग्न सकिदैन । त्यस्ता प्रबृतीहरु नेतृत्वमा आउनुबाट समाजमा पर्ने असरको यो भन्दा ज्वलन्त उदाहरण सायद अर्को नहोला । प्रजातन्त्रका र मानवअधिकारका चर्चा गर्दै वक्तव्य निकाल्नेले बुझ्नु पर्दछ प्रजातन्त्र स्वीकार्नु पनि हो । बहुसंख्यकका आग्रह अनुरोध र विचारहरुलाई अस्वीकार गरि आफ्नो ढिपी नछोड्नु असामाजिक व्यवहार हो । विवेक र चेतनाको बलमा नै हामीहरु सामाजिक वन्न सकेका हौ । असामाजिक व्यवहार देखाउनेले विवेक र चेतना भएकाहरुको नेतृत्व गर्न सक्दैनन ।

सिंगो समाजको वास्ता नगर्ने तर एकाधका चाहनालाई पुष्टाई गर्ने प्रवृतीका कारण एनआरएनमा सचिव पदको निर्वाचन आउदो आईतवार हुदैछ । सचिव पदमा को विजय हुन्छ  त्यसको उत्तर सवैलाई प्रष्टैछ । तर यो निर्वाचनले एउटा सवालको जोडदार जवाफ दिनै पर्छ । ताकि भोली कसैले पनि नेपाली समाजका साझा भावनालाई लर्कार्ने हिम्मत नगरोस । सहमती र सहकार्यको विरुद्धमा जाने हिम्मत नगरोस । पद्धतीगत ढंगले आएका विरोधहरु र गुनासाहरुको उचीत सम्वोधन हुनै पर्दछ तर समाजको अग्रगमनलाई रोक्ने र विरोधका नाममा समाजमाथी खेल्न खोज्ने प्रवृती र त्यसका हिमायतीहरुलाई लोकतान्त्रीक तरिकाले उच्च हारको पाठ सिकाउदै उनीहरुको हैसियत र स्थानको वोध गराउन आउदो निर्वाचन सफल होस मेरो यही कामना छ ।