Wednesday, February 1, 2012

कठै ! मेरा भनाइ प्रकाशित गर्न रोक लगाएको पीटीमा यो सामग्री

चुनावी मैदानका दुई प्रतिष्पर्धिहरुको धारणा 

लिस्बोन ,गैहृ आवासिय नेपाली संघ पोर्चुगलको मे २९ आइतवारका दिन हुने तेश्रो अधिवेशनका लागि सचिव पदको उमेदवारीका लागि मात्र निर्वाचन प्रकृया हुने भएको छ । अन्य वाँकी पदका उमेदवारहरु भने सहमतिबाट नै निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा दुइ जना उमेदवार नविन गौतम र योगेन्द्र मिलन छन्त्यालको उमेदवारी रहेको छ ।  दुई  पदको लागि मात्र निर्वाचन हुने भए पनि अन्तिम समयमा चुनावि वातावरण ज्यादै चर्किदै गएको छ । 

विभिन्न संस्था, र व्यक्तिले एक आपसमा आरोपका कुरा गर्दै विज्ञप्ती प्रकाशन गर्ने प्रकृया ज्यादै त्रि्र बन्दै गइरहेको छ । कसैले कसैलाई पनि आरोप लगाउनु राम्रो विषय मानिदैन सभ्य समाज र सवैको साझा एनआरएन बनाउने विचार भएकाहरुले एक आपसमा राजनैतिक र जातियतका कुराहरु उठाउनु ज्यादै दुर्भाग्यको विषय हो । चुनावि मैदानका उमेदवार व्यक्तिलाई भन्दा पनि अन्य सरोकारवालाहरुलाई निर्वाचन प्रकृयाले बढि तताएको छ । दुवै जना प्रतिष्पर्धिहरु सँग छोटो टेलीफोनको कुरा भएको थियो कुराकानिको क्रममा वहाँहरु दुवैले एक अर्कालाई सम्मानजनक तरिकाले नै कुरा गर्नुभएको थियो । र दुवैजनाले एकआपसमा चुनावको बारेमा सरसल्लाह गरेको कुरा पनि जानकारीमा आएको छ । 

मैले टेलिफोन सर्म्पर्कमा पहिले काठमाण्डौका नविन गौतम सँग कुरा गरेको थिए वहाँको विचार यस्तो रहेको छ । 

चुनावको बारेमा के छ तपाईका धारणा ? 

आफ्नो धरातल विर्सिएर आफ्नो तौल नाप्न सक्नुपर्छ । चुनाव स्वभाविक हो । सहमति भइसकेपछि समाज भन्दा टाढा कोही रहन सक्दैन हामीले हाम्रो समाजलाई विर्सनु हुदैन ।
सहमतिका कुरा उठाएर असहमतिको बाटो रोज्नु गलत विषय हो । उमेदवारी दिन पाउनु सवैको अधिकार हो । नियम अनुसार जो कसैले पनि उमेदवारी दिन पाउछ । तर समाजभन्दा वाहिर वसेर समाजलाई जातियता र राजनैतिक उथलपुथल पार्नु ज्यादै खराव विषय हो । 

आगामि निर्वाचनमा विधान नै परिर्वर्तन गर्नुपर्छ अव आउने निर्वाचनमा कार्यसमितिमा बस्ने मान्छेहरु सवैको यहाँ लिगल हुनु पर्छ कि उसले यहाँ आउने नेपालीहरुका समस्यालाई खुलस्त रुपमा प्रशासनिक तवरले आवाज उठाउन सकोस् भन्ने मलाई लागेको छ । जातियताको नाममा आवाज उठाएर संगठनहरुको केही प्रहार नहोस् । जातियता र राजनैतिक कुराको विवाद गर्नु भनेको मानविय भावनाको दुव्यवहार हो । तर राजनिति विना केही हुदैन बरु राजनिति गर्ने मान्छेहरु मात्र खराव हुन उनीहरुलाई खवरदारी गर्नु हाम्रो कर्तव्य हो । 

एनआरएनको विषयमा तपाईको धारण कस्तो रहेको छ ?

जति पनि नेपालीहरु पोर्चुगलमा आउन चाहनु भएको छ । वहाँहरुलाई यहाँको सस्कार, सस्कृति, र यहाँको कागजि प्रकृयामा हामीले जानकारी दिनु मुख्य विषय हो कि यहाँ आइसकेपछि पछुताउनुपर्ने वातावरण सृजना नहोस् । यहाँ आउनु भएका र आउन चाहने नेपालीहरु विभिन्न  किसिम जस्तै व्यवसाय, अध्ययन, काम लगायतका विषयमा सोचिरहनु भएको छ । वहाँहरुलाई पोर्चुगलको बारेमा हामीले जानकारी दिनु एउटा महत्वपूर्ण विषय मानिने छ । जतिपनि नेपालीहरु हुनुहुन्छ वहाँहरुका कागजी प्रकृयालाई सहज वातावरण वनाउनका लागि एनआरएनद्धारा पहल गर्नुपर्ने आजको आवस्यकता पनि हो । 

टेलीफोनकै सर्म्पर्कमा बागलुङका योगेन्द्र मिलन छन्त्यालको विचार यस्तो रहेको छ । 

चुनावको बारेमा के छ तपाईका धारणा ? 

चुनावमा गएपछि निस्पक्ष प्रतिष्पर्धा गर्न पाउनुपर्ने हामी सवैको अधिकार हो । कसैले कसै माथी लान्छना लगाउनु हुँदैन । आज अन्तिम परिवेशमा आएर व्यक्तिगत रुपमा षडयन्त्र भएको छ । मानवअधिकारको हनन भएको छ । परिवर्तनको बाटो चाहनेहरुले आफै बाटो भत्काउने काम भइरहेको छ । मेरो विचारमा सहमति मात्र भएर हुदैन निष्पक्ष हुनुपर्‍यो । सहमति पनि सवै विल्ला लगाउने हरुको मात्र भइरहेको छ ।  चुनावि मैदानमा तैरिसकेपछि चुनावि मैदानमा लडन सक्ने बातावरण बनाउनुपनि सवै वर्गको कर्तव्य हो । म सवै साथीहरुलाई मेरो विरुद्धमा नलाग्न अनुरोध गर्दछु । यदी सवै नेपालीहरुको साथ भयो भने मैले नयाँ समाजको सृजना गर्ने छु । 

एनआरएनको विषयमा तपाईको धारण कस्तो रहेको छ ?

एनआरएनमा भएका सवै कुराहरु पारदर्शि रुपमा अगाडि बढ्नु पर्छ । सवै नेपालीहरुलाई एनआरएन आफ्नै साझा सस्थाहो भनेर जानकारी हुन सक्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । एनआरएन नेपाली हरुको दुख सुखको साथी बन्नु पर्छ ।  नयाँ आउने साथीहरुलाई भाषा लगायत यहाँको सस्कारको बारेमा जानकारी मुलक कार्यक्रम हरु नियमिति रुपमा सञ्चालन गर्‍यौ भने हामीले सफलताकेा बाटो रोज्ने छौ । एनआरएनमा राजनिति भन्दा धेरै फरक विचारको बाटो रोज्नुपर्छ  ।  राजनैतिक द्धन्द्धले स्थिर हुन नसकेको हाम्रो देशलाई एक पटक फर्केर हेरौं ।  त्यही पुरानो सस्कार र त्यही विषयलाई लिएर मेहनत गर्ने र पसिना वगाउने ठाउँमा आएर राजनिति गर्न वाध्य नपारियोस् । हामी यहाँ राजनिति गर्न आएका होइनौ । हामीले हामि विचको विकृतिलाई पूर्णविराम लगाउनको लागि अग्रसर हुनुपर्छ । एनआरएन साझा सस्था भएका कारण सवै नेपालीहरुको मनमुटुमा भिज्न सक्ने खालका कार्यक्रमहरु ल्याउनु नै आजको आवस्यकता हो । - PTNEPAL