तमु समाजको बिज्ञप्ति
आदरणिय पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुमा तमु समाज पोर्चुगलको हार्दिक अभिबादन। तमु समाज गैर आवाशिय नेपालीहरुको हक हितको निम्ती सदैब सहकार्य र सहमतीको पक्षमा रहेको जानकारी गराउदै आसन्न एनआरएन पोर्चुगलको निर्बाचनको सन्दर्भमा तिन दलका भातृ संस्थाहरुको पहलमा भएको सहमतीको हार्दिक स्वागत गर्न चाहन्छौ।
सहमती र सहकार्यको बिपरित जनजाती महासंघको नाम लिइ एक दुइजना ब्यक्तीले सचिब पदमा उम्मेदवार खडा गरेकोमा तमु समाज पोर्चुगलले घोर आपत्ती प्रकट गर्दै मे २९ तारिख हुने निर्बाचनमा सहमतीबाट सचिब पदमा उम्मेदवारी दिएका हाम्रा साझा उम्मेदवार नबिन गौतमलाई आफ्नो अमुल्य मत दिइ बिजयी बनाउन सहयोग गरी दिनु हुन सम्पुर्ण दिदीबहिनी तथा दाजु भाइहरुमा हार्दिक अनुरोध गर्दछौं ।
कमल गुरुङ
अध्यक्ष
तमु समाज पोर्चुगल