................signature tune................
स्रोता, नमस्कार एवम हार्दिक अभिवादन ! संसारमा चाहनाहरु त असीमित छन् तर तिनलाई पूरा गर्न स्रोतहरु भने सीमित छन् l स्रोतको उचित व्यवस्थापन गरेको ठाउंमा विकास भएको छ l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" मा यहाँलाई हार्दिक स्वागत गर्दछौ l कार्यक्रममा म योगेन्द्रमिलन छन्त्याल बोलिरहेछु, जर्मनीको डुसेल्डोर्फबाट l अबको १ घन्टाको बसाइमा आज नेपालको शिक्षाप्रणाली र विद्यार्थीका चाहनाबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l तपाईको कम्प्युटर वा रेडियो सेटदेखि टाढा नजानुस है त एकै क्षण ! .....................................
मानिसले समाजमा कसरी राम्रो र असल नागरिक भएर बाँच्न सकिन्छ ? कस्तो आचरणले हामीलाई राम्रो मान्छे बन्न सहयोग पुरयाउदछ ? यी कुरा सिक्नुलाई शिक्षा भनिन्छ l मानिसले शिक्षा २ किसिमले लिने गर्दछ l स्कूल वा कलेजमा गएर र आफ्नै अध्ययन वा समाजबाट l यसरी संस्थागत र व्यक्तिगत अध्ययनबाट मानिसमा ज्ञानको विकास हुन्छ, सीपको विकास हुन्छ र धारणाको विकास हुन्छ l यी ज्ञान, सीप र धारणाको प्रयोगबाट सभ्यताको विकास हुन्छ र स्वस्थ संस्कृतिले फष्टाउने मौका पाउछ l यस्तो शिक्षा देशमै हासिल गर्न मन छ भन्नुहुन्छ सबै नेपाली विद्यार्थीहरू l हामी देशमै रमाउन चाहन्छौ l हामी देशका लागि जस्तो योगदान दिन पनि तयार छौ नेपाली विद्यार्थीहरुको चाहना छ यस्तो l जसरी नारायण गोपालले भन्नुभएको छ म त लालीगुरांस भएछु वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु .....
पहिलो गीत (म त लालीगुरांस भएछु............)
मानव जीवनमा शिक्षाको ठूलो महत्व छ l संसारका विकसित देशका तुलनामा साक्षर नागरिकहरुको संख्या कम भए पनि नेपालमा शिक्षित व्यक्तिहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ l देशमा रोजगारीको अवसर भने बढन सकेको छैन l शिक्षा र रोजगारीबीचमा सन्तुलन हुनुपर्ने हो तर दुर्भाग्य यसो हुन सकेन हाम्रो देशमा l कसैले शिक्षा नीतिलाई दोष दिन्छन त कसैले देशको भ्रष्टाचार र राजनीतिलाई l
रोजगारीका अवसरहरू अति सीमित छन l पढेका ज्ञान र सिपसँग मिल्दो रोजगारी पाउन एकदम मुश्किल पर्छ l सरकारी कार्यालय र केही संस्थाहरु रोजगारका क्षेत्र हुन l प्राय सबै शिक्षितहरु शहरी क्षेत्रमा मात्र बस्न चाहन्छन l बेरोजगार राष्ट्रिय समस्या बनेको छ l सरकारी तथा संस्थागत जागिरमा सीमित रोजगारीले सबै शिक्षितहरुलाई समेटन सकेको छैन l शिक्षा प्रणाली अव्यवहारिक र कोरा सैध्दान्तिक छ l विभिन्न प्राविधिक मानवीय स्रोतको परिपूर्ति हुन सकेको छैन l यसरी देशले दोहोरो मार खेप्नुपरेको छ l हामीलाई साथीहरूले दिनुभएको जानकारी अनुसार लन्डनमा नेपाली विद्यार्थीहरू अध्ययन गर्ने लगभग ६७ वाटा कालेज हरु बन्द हुने भ एका छन l विदेशमा राम्रो विश्वविद्यालयमा भर्ना गराउने आश्वासन दिएर नेपाली दलालहरुबाट नै आफु ठगिएको बताउनुहुन्छ सिन्धुली घर भई हाल फिलिपिन्स मा अध्ययन गरिरहनु हुने विकल सापकोटा l विद्यार्थीहरूको गुनासो छ आफ्नो देशमा उपयुक्त वातावरण नहुँदा दुःख त लाग्छ नै ...गायक राजन ठकुरी र गायिका विष्णु माझीको पनि यस्तै मिल्दो जुल्दो पीड़ा देखिन्छ l
दोस्रो गीत (खरको छानो भयो बिरानो .................)
स्रोता यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org मा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l
बेरोजगारी देशका लागि चुनौती बनेको छ l यो समस्या समयमै समाधान गर्नु आवश्यक छ l यसका लागि रोजगारका अवसरहरू बढाउनुपर्छ l नयाँ नयाँ रोजगारीका सम्भावानको खोजी गर्नुपर्दछ l रोजगारीलाई शहरमा मात्र केन्द्रित नगरी गाउं गाउंमा पनि उद्दोगहरू खोल्नुपर्दछ l बेरोजगारको समस्या समाधान गरयो भने देशको उन्नति हुनेछ यी शक्तिहरूबाट l नेपालको शिक्षाप्रणाली र विद्यार्थीको चाहना शीर्षकमा छलफल गर्न अहिले हाम्रो सम्पर्कमा एकजना विद्यार्थी साथी आउनुभएको छ कहाँबाट को हुनुहुन्छ स्वागत गरौ है त ........................(कुराकानी)......................... अहिले हामी शिक्षाप्रणाली र विद्यार्थी बारेमा नानजिंग मेडिकल युनिभर्सिटी, चीनको एम.बी.बी.एस.चौथो वर्षमा अध्ययन गर्दै रहनुभएका हेमा पुरानेजीसंग कुराकानी गर्दै थियौ l उहाँको नेपाल घर चाही बेनी, म्याग्दीमा रहेछ l नेपालमा आर्थिक, राजनीतिक र सामाजिक समस्याका कारण नेपाली छोराछोरीहरू विदेशमा अध्ययन गर्न जानु बाध्यता हो उहाँको भनाइ छ l गायक रामेशको पनि समर्थन रहेछ यो कुरामा l
तेस्रो गीत (संकट पर्छ मान्छेलाई .......................)
तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, हाम्रो चाहना, प्रवासीको चाहना वा नेपालभित्र बसिरहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेछु l
यहाँलाई थाहा छ, आज हामी नेपालको शिक्षाप्रणाली र विद्यार्थीका बारेमा छलफल गरिरहेका छौ l स्रोताहरुलाई प्राथमिकता दिन्छौ हामी यो कार्यक्रममा l यहाहरुको चाहना समेटदछौ l त्यसैले हाम्रो सम्पर्कमा एकजना अर्का साथी आइसक्नुभएको छ उहाँलाई पनि स्वागत गर्दछौ हामी l ...............(कुराकानी)............... अहिले हामी शिक्षाप्रणाली र विद्यार्थीको चाहनाबारेमा नानजिंग एरोनोटिकल इन्जिनिएरिंग युनिभर्सिटी, चीनको इन्जिनिएरिंग चौथो वर्षमा अध्ययन गर्दै रहनुभएका महेश श्रेष्ठजीसंग कुराकानी गर्दै थियौ l उहाँको नेपाल घर तम्घास १ गुल्मीमा पर्छ l नेपालमा शिक्षा क्षेत्रमा सुधारका लागि उपयुक्त लगानी गर्नुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्दछ उहाँको भनाई थियो यो l कुनै लक्षमा पुग्नलाई असल कामको शुरुवात नेताहरुबाट हुनुपर्दाछ l आफुआफुमा मनमुटाव त्याग्नुपर्दछ बरु समझदारी बढाउनु पर्छ l देश बाहिर जान मन हुँदैन तर मन गह्रुंगो बनाएर बिदेशिनुपर्छ भन्नुहुन्छ उहाँ यो लोक गीतमा जस्तै ..................................
चौथो गीत (मायाले छाडी जादा ...........................................)
देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l
अब कोपेनहेगन डेनमार्कबाट सुरेश छन्त्यालले हामीलाई उपलब्ध गराउनु भएको गजल प्रस्तुत गर्न गईरहेका छौ l गजल बोल्छ :-
नेपाल छँदा विदेश एउटा सपनाको फूल भयो !
आज विदेश हेर्दा हेर्दै जाना जानको भूल भयो !!
हरेक रात सपनीमा काखमै बसी खेल्छ भतिज,
आमाको त्यो निर्मल माया कल्पनाको मूल भयो !
युवा पिढी सक्षम व्यक्ति प्रदेशमा गुलामी छन्,
देशै भरि हत्यारा र लुटेराको हूल भयो !
बेहाल छ देशको गति थलामा छिन नेपाल आमा,
कुर्सीको खेल ती नेतालाई स्वर्ग जाने पूल भयो !
पढ्छु भनी विदेश आएँ आखिर कथा कर्णाली कै,
रंगिन सपना कलेजीमै रोपिएको शूल भयो !
महँगो छ जीवन शैली काम छैन कलेजलाई फी,
बालाई घडी आमालाई सुन फगतै कबूल भयो !
साच्ची विद्यार्थीहरुलाई आफन्तको याद र देशको माया कति हुँदोरहेछ भन्ने कुरा गजलले स्पष्ट पारेको छ हामी बोल्नु उचित लागेन, सुरेशजीलाई धेरै धेरै धन्यवाद l
हुन पनि जब जब चाडपर्व आउछन तब अरु कुराहरु मनमा खेल्न थाल्दा रहेछन, चैते दशैं पनि त आउन लाग्यो नि अब हैन ? ........
पाँचौ गीत (चैते दशे मेलैमा ................................................)
विद्यार्थी भोलिका देशका कर्णधार हुन l सक्षम र दक्ष मानवीय स्रोतबाट देशको प्रगति हुन्छ l भनिन्छ शिक्षा विकासको आधार हो l तर व्यवहारिक र वैज्ञानिक शिखाको आभाव भएको कुरा उठिरहेका छन नेपालको सवालमा l नेपाली सेरोफेरोमा रहेर सञ्चालन गरिने "हाम्रो चाहना" कार्यक्रममा आज हामीले देशको शिक्षाप्रणाली र विद्यार्थीको चाहनाबारेमा छलफल चलाउदैछौ l यो शीर्षकमा छलफल गर्न आज हामीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य उषा किरण तिम्सिनासंग सम्पर्क गर्ने प्रयासमा छौ l गोर्स्यांग ७ नुवाकोटका तिम्सिना हाल त्रिभुवन विश्वविद्यालय क्रितिपुरमा मानवीय संकाय समाजशास्त्र स्नाकोत्तर तहका विद्यार्थी हुनुहुन्छ l अह... भर्खर सम्पर्कमा आउनुभएको छ उहाँ l ढिला नगरिकन स्वागत गर्छु हामी उहाँलाई ...................(कुराकानी)...................... अहिले हामी शिक्षाप्रणाली र विद्यार्थीहरुको चाहनाबारेमा अनेरास्ववियुका केन्द्रिय सदस्य उषा किरण तिम्सिनासंग कुराकानी गर्दै थियौ l उहाँले भन्नु भएजस्तै सबै जुत्नुपर्दछ देशको विकास र उन्नतिका लागि l यसका लागि संसारभरका नेपालीहरुलाई हातेमालो गर्नका लागि आह्वान गर्न शुरू गरिहाल्नुपर्दछ l
छैठौ गीत (पारीबाट को आयो सालको ..........)
स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै देशहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l
दीपक खड्का, Hounslow , UK काम राम्रो छ l निरन्तरता दिनुहोला शुभकामना l
Birendra Bista , Sydney, Australia धेरै राम्रो काम गर्नुभएको छ, मलाई काम अनि कार्यक्रम मन परयो भनेर लेख्नुभएको छ l
Alisha Sharma , KTM सांचीकै राम्रो काम हामीले गर्व गर्नुपर्छ (भनेर लेख्नुभएको छ l )
Mb रोका : onlineradio titan मार्फत हाम्रो चाहना नामक कार्यक्रम निरन्तर सुन्दै आएको छु l यसले प्रवासमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष लाभ मिलेको छ किनकि नेपाल तथा प्रवासकाबारेमा थुप्रै जानकारीहरु दिन मद्दत गरेको छ l विश्वमा छरिएर रहेका लाखौ नेपालीहरुलाई एकतामा ल्याउन सहयोग पनि गरेको छ l यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गीतसंगीतलाई थोरै घटाएर बढ़ीभन्दा बढ़ी स्रोताहरुलाई प्रत्यक्ष समावेश गरी उहाँहरुको विभिन्न विषयमा धारणा लिंदा कसो होला ?
पक्कै पनि MB रोकाजी यहाहरुको सल्लाह र सुझाव अनुसार हामी कार्यक्रमलाई परिमार्जित र परिष्कृत गर्दै जानेछौ l
Iain Guest AP Director
Good job Yogendra! This is exciting.
Hope all is well.
I would like to see you again soon.
THANK YOU IAIN. HOPE WE'LL SEE SOON.
Shree Ram /Chitwan/Doha:
कार्यक्रम मन परयो, साह्रै राम्रो छ l भविष्यमा निरन्तरता दिनुहोला l
समय अलिकति कम छ हामीसंग l सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव पाचौ अंकमा समावेश गर्नेनै छौ l आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l
आजको छलफलबाट हामीले देशभित्र पनि विभेद्को शिक्षा प्रणाली रहेको कुरा थाहा भएको छ l धनिका छोराछोरीहरू राम्रा आवासीय विद्यालयहरुमा, मध्यमका सरकारी विद्यालयहरुमा त गरिबका छोराछोरीहरू विद्यालय नै नगएको तथ्य पनि स्पष्ट छ l धेरै पैसा कमाउने वा नेपालभन्दा सस्तोमा अध्ययन गर्न पाइने कारण नेपाली विद्यार्थीहरू विदेस जाने गरेको कुरा पनि उल्लेख भएका छन l बन्द हड़ताल र आन्दोलनकालागि राजनीतिक दलका विद्यार्थी संगठनहरू जिम्मेवार छन भनिन्छ l यस बारेमा विद्यार्थी संगठनका एकजना प्रतिनिधिले विद्यार्थीको हक हित र शिक्षा प्रणालीमा सुधारका लागि यसो गरिएको बताउनुभयो l साथै आगामी दिनमा संगठनहरुबाट पनि बन्द हड़ताल जस्ता कार्य रोक्नलाई चिन्तन भइरहेको बताइयो l नया नेपालमा शिक्षा प्रणालीमा सुधार हुने आशा छ सबैको l जो देश बाहिर अध्ययन गरिराख्नुभएको छ उहाँहरुले पनि सिप, ज्ञान र धारणा नेपाललाई समृध्द बनाउन नेपालमा फर्केर आफ्नै देशमा सेवा गर्नु पर्दछ l राजनीतिक दलहरुले तत्काल यो खालको वातावरण बनाउन ध्यान दिन जरुरी छ l
सातौ गीत (आफ्नो मन आफैसंग ........................)
तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली लागू गराउन आ आफ्नो क्षेत्रमा पहल गरौ, संसारको जुन ठाउमा रहे पनि देशलाई सधै सम्झौ l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार .......!!!