................signature tune.......................
स्रोता, नमस्कार एवम हार्दिक अभिवादन ! छोराछोरीबीचको भेदभावले परिवारमा मात्र होइन, समाज र पूरै राष्ट्रमा नराम्रो असर पर्दछ l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" मा यहाँलाई हार्दिक स्वागत गर्दछौ l कार्यक्रममा म योगेन्द्रमिलन छन्त्याल बोलिरहेको छु, जर्मनीको डुसेल्डोर्फबाट l अबको १ घन्टाको बसाइमा आज छोरा छोरीबीचको विभेद्को अन्त्यसम्बन्धी चाहनाबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l हामीलाई विश्वास छ सधै जस्तै आज पनि हामीलाई साथ दिनु हुने नै छ l तपाईको कम्प्युटर वा रेडियो सेटदेखि टाढा नजानुस है त ..................
हामी नेपालबाट टाढा छौ तर नेपालको माया छ, हृदयमा l नेपाल छोडेको समय बढ्दै गैरहेको छ तर नेपालको अवस्था राम्रो होस भनेर अझ बढ़ी हाम्रा चाहनाहरु बढीरहेका छन l यसैक्रममा आज हामी आफ्नो देशमा रहेको एउटा सामाजिक विकृतिमा सुधार भए राम्रो हुन्थ्यो भन्ने चाहना प्रस्तुत गर्ने सोच बनाएका छौ l यसका लागि सबै नेपाली दिदीबहिनी र दाजुभाइहरुलाई अनुरोध गर्ने योजना बनाएका छौ l विषयवस्तु के भने नि छोरा र छोरीमा किन भेदभाव छ हाम्रो समाजमा ? आजको छलफल यही विषयमा केन्द्रित रहने छ l महिला पुरुष एउटा रथका दुई पांग्रा हुन l एकअर्काको सहायताबिना जिउन गाह्रो छ जिन्दगी l यही भनाइ सुन्नुस न त बद्री पंगेनीको स्वरमा तपाई सहमत हुनुहुन्न र ?
पहिलो गीत (मन थिएन जोगी बन्नलाई .................)
आफ्नै कोखमा जन्म लिने छोरा र छोरीमा भेदभाव हुनु पक्कै पनि राम्रो होइन l सबैजना यही सोच्दछौ तर अन्जानमा समाजबाट सिकिरहेका छौ हामी विभेद गर्नलाई l जति नै समान व्यवहार गरेको छु भन्ने बुवा आमा पनि चुक्नुभएको हुन्छ यो मामलामा l यसको दोषी को त ? प्रसंग विस्तारै अघि बढ्दै छ l कुरा अघि बढाइहालौ न त - छोरा के हो ? छोरी के हो ? प्रत्येक छोरा ठूलो भएर पुरुष बन्दछ, प्रत्येक पुरुषको अंडग्रन्थी र लिंग हुन्छ l प्रत्येक छोरी ठुली भएर स्त्री बन्छिन, प्रत्येक स्त्रीको योनी, पाठ्यघर र स्तन हुन्छ l महिलाको शरीरमा बच्चा बन्दछ, बढ्छ, उनी बच्चालाई जन्म दिन्छिन र दूध चुसाउछिन l
यी शारीरिक भिन्नताबाहेक छोरा र छोरीमा अरु विभेद हुन नहुने हो, फरक हुन नपर्ने हो तर समाजले छोरा छोरीबीच यसरी विभेदको वातावरण तयार गरिदिन्छ कि मानौ केटा र केटी वा पुरुष र महिलाको संसार नै बेग्लाबेग्लै छन l समाजले महिला-पुरुषको समानतालाई मौलाउन दिनुको सट्टा उनीहरुबीचको भिन्नतामाथि बढ़ी जोड़ दिन्छ l यसैकारण महिला पुरुषको विभेद बढ्दै गएको छ l असमानताको कारण उनीहरुबीच तनाव र द्वन्द्व पनि बढ्दै गएको छ l पुरुषको सत्ताले छोरीहरुलाई छोरासरह अघि बढ़ने मौका दिदैन, छोरीहरू आफ्नो प्रतिभाको विकास गर्न पाउदैनन l एउतै परिवारका छोराहरू मौलाएका र छोरीहरू ओइलाएका देखिन्छन l गुलाम अलीसंग एकछिन प्रशंसा गरौ नारित्वाको l सकारात्मक सोच बनाउ l
दोस्रो गीत (गाँजलु ती ठूला ठूला आँखा..........................)
स्रोता यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org मा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l
प्रसंग फेरि लैंगिक विभेदकै l महिला र पुरुषको शारीरिक बनौट प्रकृतिले नै भिन्न बनाएको छ l यी कुराहरु परिवार, समाज, देश र संसारभर एकै किसिमको हुन्छ l यसलाई हामीले चाहे पनि बदल्न सक्दैनौ l शारीरिक भिन्नताबाहेक छोराछोरीबीच लवाई खवाई, व्यवहार, शिक्षा र समाजको दृष्टिकोणहरूमा जुन भिन्नता पाइन्छ यी सबै सामाजिक विभेद हुन l यस्तो भिन्नता प्रत्येक परिवार र समाजमा एकै किसिमको हुँदैन l उदाहरणको लागि : केटी घरमा बस्ने, केटा बाहिर जाने l केटाभन्दा केटीलाई कम खाना र खेल्नका लागि कम समय दिने l केटालाई राम्रो स्कूलमा पढ़ाइन्छ ताकि ठूलो भएपछि उसले परिवारको व्यवसाय सम्हाल्न सकोस वा राम्रो नोकरी पाउन सक्षम होस l तर केटीको पढ़ाइप्रति राम्रो ध्यान दिइदैन l
सामाजिक लिंगभेदले महिला पुरुषबीच असमानता सृजना गर्दछ l समाज भन्छ, पुरुष उच्च स्तरका र महिला निम्न स्तरका हुन l जुन काम पुरुषले गर्दछ त्यसको ज्याला धेरै हुन्छ र महिलाको कम ज्याला वा हुँदै हुँदैन l पुरुष शक्तिशाली हुन्छ र महिला शक्तिहीन हुन्छे l भेदभाव, ठूलो सानो, भिन्न चालचलनहरु मानिस वा समाज अथवा हामी सबैले बनाउछौ l धनी गरिब, ब्राह्मन शुद्र, कालो गोरो तथा महिला पुरुष बीचको फरक प्रकृतिले नभएर समाजले बनाएको हो l समाजले बनाएका सामाजिक चलनहरु हामीहरु सबैले चाहेमा परिवर्तन गर्न सकिन्छ l केटाकेटी वा स्त्री पुरुषको नयाँ परिभाषा दिन सकिन्छ l हामी एउटा यस्तो समाजको निर्माण गर्न सक्छौ, जहाँ केटी हुनुको अर्थ निम्नस्तर, कमजोर हुनु होइन र केटा हुनुको अर्थ क्रूर, हिंसात्मक हुनु होइन l यसबारे गजुरी-२ धादिंग घर भई हाल इजरायल रहनुभएका गीता उत्प्रेतीसंग गरिएका कुराकानीका छोटो अंश सुन्नुस न त ! ............ बुढेशकालसम्म छोराको आशा छ, नेपाली समाज अनि हाम्रा नेपालीहरु l गरीबी र अशिक्षा यी २ कारणले लैंगिक विभेद बढेको धारणा थियो गीताजीको, गीताजीलाई धन्यवाद l
तेस्रो गीत (हेरेको तिमीलाई आँखाले होइन ..............................)
अहिले सुन्दै हुनुहुन्थ्यो सपना श्रीको स्वरमा हेरेको तिमीलाई ..........
तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, हाम्रो चाहना, प्रवासीको चाहना वा नेपालभित्र बसिरहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेछु l
यसैक्रममा आज हामी DRSP का संगीता श्रेष्ठजीले हामीलाई पठाउनु भएको एउटा मामिला अध्ययनको प्रस्तुति गर्दैछौ l ८५ वर्षीया दलबीरा छन्त्याल भकिम्ली गाविस, म्याग्दीमा बस्नुहुन्छ l उहाँले हरेक दिन गह्रुंगो घांसको भारी बोक्नुपर्छ l म दुखित भएकी थिएँ जब मैले उहाँलाई उहाँभन्दा गह्रुंगो भारी बोकेको देखे l मैले कल्पनासम्म गर्न सकेकी थिइन कि उहाँले त्यत्रो गह्रुंगो भारी बोक्नुहुन्छ होला भनेर l उहाँ छोरीसंग बसिरहनुभएको छ l जब उहाँ भिरालो बाटो हुँदै माथि वनमा जानुहुन्छ उहाँले आफैलाई संतुलनमा राख्न गाह्रो हुन्छ l त्यसैले मैले हात दिँदै सहयोग लिन प्रस्ताव गरे तर उहाँले अस्वीकार गर्नुभयो l उहाँले भन्नुभयो - "आज तपाइले सहयोग गर्नुहुन्छ तर भोलिदेखि कसले सहयोग गर्छ मलाई ?" मैले कुरा गर्दा थाहा पाएं उहाँको श्रीमान २० वर्ष पहिले बित्नु भएको रहेछ र एक मात्र छोरी त्यही गाउंमा बिहे गर्नुभएको रहेछ l
जब मैले उहाँलाई गाविसबाट ज्येष्ठ नागरिक भत्ता लिनुहुन्छ होला नि भनेर सोधे, उहाँ अचम्म पर्नुभयो र सोध्नुभयो - "के रे ? सरकारबाट हामीले भत्ता पाउछौ ?" शुरुमा त उहाँले विश्वास नै गर्नु भएन किनकि उहाँले गाउंका कसैले भत्ता पाउछन भन्ने कुरा सुन्नुभएको थिएन l जब मैले यसबारे बताएँ, उहाँसंग नागरिकता भएको कुरा पनि थाहा भयो l उहाँले मलाई विस्तृत रुपमा सोध्नुभयो "पैसा पाउनका लागि मैले के के प्रक्रिया पूरा गर्नुपर्दछ ?" उहाँले भन्नुभयो - यदि उहाँले भत्ता पाएमा यो कठिन अवस्थामा सुधार हुने थियो l उहाँको ज्वाइले राम्रो व्यवहार गर्नुहुने थियो l हुनसक्छ, उहाँले भविष्यमा यस्तो गह्रौ भारी बोक्नुपर्दैन l मलाई दुःख लाग्यो यस्तो बुढेसकालमा उहाँले यत्ति धेरै काम गर्नुपर्छ र यस्तो गह्रौ भारी बोक्नुपरिरहेको छ l कलाकार जीवन शर्माले पनि देखेको जस्तो छ यी वृद्धहरुको दुःख ..
चौथो गीत (सिमली छायाँमा बसी भरिया ............)
यो एउटा दलबीराको कथा होइन l दलबीराजस्ता हजारौ मानिसहरुको स्रोतमा पहुँच छैन र उनीहरु सरकारी नियम कानूनबारे जान्दैनन l मलाई निराशा पैदा भयो कि यी सरकारी कर्मचारीहरु देशका लागि के गरिरहेका छन l जिल्लाको आधिकारिक तथ्यांक अनुसार, सबै ज्येष्ठ सदस्यहरुलाई भत्ता दिइएको छ l लाजमर्दो कुरा उनीहरु पारदर्शी रुपमा ती ज्येष्ठ नागरिकहरुका ल्याप्चे देखाउछन l तिनीहरुलाई वास्ता छैन पैसा उपयुक्त मान्छेलाई गयो कि गएन l तिनीहरू मात्रै बिनियोजित बजेट खर्च भयो कि भएन भन्ने कुरामा केन्द्रित छन l यस्तो भ्रष्टाचारका लागि को जिम्मेवार छन ? के यस्ता पीडकहरुलाई कारबाही गरिन्छन ? यस्ता कार्यकलापहरुको अनुगमन गर्न को जिम्मेवार छ ? दलबीराले किन भत्ता नपाउनु भएको हो ? किन उहाँलाई जानकारी नदिइएको हो ? गाविसको जिम्मेवारी के हो ? किन गाविसका कर्मचारीले दलबीराहरुका भत्ता उपलब्ध नगराएका हुन ? किन ज्येष्ठ नागरिकका आवाजहरू नसुनिएका हुन ? के दलबीराको हेरचाह गर्नु गाविसको जिम्मेवारी होइन ? किन अनुगमन नगरिएको होला ? यदि हामीले म्याग्दी जिल्लाको तथ्यांक हेरयौ भने कति पैसा मन्त्रालयबाट प्राप्त हुँदो हो र गाविसगत रुपमा ज्येष्ठ नागरिकका लागि कति विनियोजन हुँदो हो ?
के हामीले सवालहरुमा छलफल गर्न र सरकारी नियम कानूनबारे सचेतनाका लागि समूह बनाउन जरुरी छ ? समुदायका सदस्यहरु समूह बनाउन जुत्नुपर्नेछ, जहाँ समस्या र सवालहरूबारे छलफल गर्न सकिने छन l परम्परा अनुसार, नेपाल एउटा बुढापाकाहरुको सम्मान गर्ने राष्ट्र हो l जे भए पनि दलबीराजस्ता मानिसहरुलाई भेट्दा मलाई शंका लाग्छ l मानिसहरु कसरी मानसिक रुपमा परिवर्तन होलान ? मानिसहरुलाई कसरी उनीहरुको कामप्रति उत्तरदायी बनाउन सकिएला ? मानिसहरुलाई कसरी ठीक काम गर्ने बनाउन सकिएला ?
पाँचौ गीत (नरिसाउन सानो कुरैमा............)
देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l
यहाँलाई थाहा छ, आज हामी लैंगिक विभेदका बारेमा छलफल गरिरहेका छौ l जिन्दगीभर विभेद्को शिकार बन्नुपर्छ नेपाली छोरीहरू l जब एउटा युवा र एउटी युवती विवाह गर्दछन, विवाहको टिकाटालामा आशिष सुनिन्छ "अर्को साल माइत आउदा नातिको मुख देख्न पाइयोस"l अब दुलही गर्भवती भइछन : आगनमा खेलेकी चोखो मनको बालिकालाई सोधिन्छ एकदिन : "नानु, अंटीले के पाउछिन नि हँ ?" निमुखा बालिकालाई के थाहा, यो अन्यायपूर्ण समाजको चलनबारे ? उनलाई जे राम्रो लाग्यो त्यही जवाफ दिन्छिन : "चेली पाउनुहुन्छ" ती नानी यति के बोल्न पाएकी थिइन, चडकिन्छ गालामा झाप्पड l त्यों दिनदेखि चेली खेलाउने रहर जिन्दगी भरका लागि सकिन्छ l आमा बन्ने बेला सुत्केरी बेथामा छटपटिदा पनि त्यही याद आउछ उनलाई l पहिलो बच्चा नै छोरो नै हुनुपर्ने रे ! भिडियो एक्सरे गरिन्छ गोरखपुर गएर, छोरी भएकै कारण एउटा भ्रुणले संसारमा जन्म लिन पाउदैन l थाहा छ तपाईलाई के हुन्छ ? त्यों भ्रुणको महँगो पैसामा हत्या गरिन्छ l पैसाका लागि मान्छेहरु पाठेघरमा हात पसाएर त्यों बच्चालाई दाँत किटेर निचोर्दा रहेछन र गर्भपतन गरिंदोरहेछ l जन्मिन त पाएनन कुनै, जन्मेकाहरुमध्ये पनि छोरालाई काखा र छोरीलाई पाखाको चलन छ l छोराछोरीबीचको भेदभाव गरेको देखेकै छैन भनेर जिद्धि गर्ने एकजना इमाखेल-२ काठमन्दू घर भई हाल इजरायलमा रहनुभएका सोनु बस्नेतजीसंग हामीले छोटो कुराकानी गरेका थियौ l सुन्नुस कुराकानीका केही अंश : ........उहाँका अनुसार सबैलाई सचेत बनाउन सकेमा यस्तो भेदभाव हटाउन सकिन्छ l मानसिंग थुलुंग पनि यस्तो भेदभावलाई नियालेर हेर्दा रहेछन l
छैठौ गीत (धेरै चोटी आँखा जुध्यो तर .............................)
स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै देशहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l
Istutee Shrestha /China
धेरै राम्रो काम निरन्तरताको कामना l
Uditkumar Thapa /Baglung
धेरै राम्रो छ,धन्यवाद तपाईको मेहनत र परिश्रमको लागि।
Shree Ram / चितवन/ Dubai
मिलनजी यो कार्यक्रम चितवनको एफ एम मा बजाउन मिल्दैन मिल्छ भने के प्रक्रिया मिलाउनुपर्छ म पनि तयार छु l
Lal kumari Roka mager, Myagdi But now Ktm
कार्यक्रम चाख लाग्दो छ l
Sangeeta Shrestha /drspnepal
धेरै राम्रो काम गर्नुभएको छ तपाईले l मैले २ वाटा लेख पनि पठाएको छु l
संगीताजी धन्यवाद ! यहाँको एउटा मामिला अध्ययन कार्यक्रममा समावेश गरेका थियौ सायद सुनिसक्नुभयो होला l
Govinda bhattarai
भाईलाई बढाई छ l
लभली नेपाल/Baglung
राम्रो लाग्यो l
Anil निरौला/Russia
ब्याबहरिक र मनोरंजनको राम्रो समिश्रण छ कार्यक्रममा l बढाई छ कार्यक्रम सुन्दा नेपालमै रहेको अनुभूति हुन्छ l
Suresh Chhantyal copenhagen , Denmark
धेरै राम्रो छ दाई ....कार्यक्रमले निरन्तरता पावोस ....अरु प्रगति गरोस ..... बिदेशमा बसेर स्वदेशको भलाई र उन्नतिको खातिर उठेको यो बुलन्द आवाज र मेहनतलाइ सलाम छ..........
Manoj Gajurel ख्यातिप्राप्त हाँस्य कलाकार
राम्रो गरिरहनु भएको छ l सदसदाका लागि सफलताको शुभकामना !
Krishna phagami magar Arman 6 Myagdi Qatar
यहाँको कार्यक्रमले सफलताको शिखर चुमोस l बिदेशको ठाउंमा रहेर पनि कठिन र कष्टमय समयलाई व्यवस्थापन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएकोमा म लगायत साथमा भएका सम्पूर्ण नेपाली साथीहरुको तर्फबाट सफलताको शुभकामना !
HIRA BDR CHHANTYAL DHAMAJA बागलुंग/NOW MALAYSIA
देश र प्रवासमा रहेका सबै नेपालीहरुको चाहना समेटेर प्रवासबाट पनि आम नेपाली नागरिकमा सचेतनाका लागि कार्यक्रम सञ्चालन गर्नुभएकोमा बढाई छ l
हेमा पुराने छन्त्याल/नानजिंग, चीन
तपाईको कार्यक्रम धेरै राम्रो छ l निरन्तरता पाओस, शुभकामना l
Dorna Kumar Kunwar KTM
निरन्तरता दिनुहोला यूरोपबाट पनि नेपालका खातिर देशभक्तिपूर्ण कार्यक्रमका लागि बढाई l
Pema Sherpa ISRAEL
यहाँको कार्यक्रम धेरै राम्रो छ l
आनन्द छन्त्याल, टोकियो, जापान
धन्यवाद योगेन्द्रजी, तपाईको सबै कार्यक्रम राम्रो लाग्यो l मजस्ता लाखौ नेपालीको मन छुने खालको छ l
सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव छैठौ अंकमा समावेश गर्नेनै छौ l आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l
आजको छलफलको अन्त्यमा तपाईलाई केही प्रश्न गर्न मन लागेको छ : तपाइको विचारमा के छोरा छोरीलाई समान व्यवहार गर्दा राम्रो हुन्छ ? यदि हुन्छ भने किन र हुन्न भने किन ? यदि घरभित्र नै कसैप्रति अन्याय गरिन्छ भने तपाईलाई कस्तो लाग्छ ? तपाई चुप बस्नुहुन्छ वा केही गर्ने कोशिस गर्नुहुन्छ ? के तपाईले आफ्नो परिवारमा कुनै कुरा परिवर्तन गर्ने कोशिस गर्नुभएको छ ? यदि छ भने त्यों के थियो ? मानिसहरुको प्रतिक्रिया कस्तो थियो ? समाजमा रहेका तपाइलाई गलत लाग्ने मान्यताहरुलाई परिवर्तन गर्न सकिन्छ त ? यी प्रश्नहरुको उत्तर खोज्नुहोला जसले छोराछोरीबीचको भेदभाव हटाउन सहयोग पुग्नेछ l एउटा बबाले छोरीलाई कत्ति माया गर्नुपर्छ स्वर्ग समानको परिवार बनाउन l स्वर्ग फिलिमको यो गीत सुनु एकक्षण....
सातौ गीत (छोरी माली भागी भागी नसताऊ............)
यी विभेदबाट आखिर हाम्रा आमा अपहेलित हुनुभयो, हाम्रा दिदीबहिनी अपहेलित हुनुभयो, अन्तत हाम्रा छोरीहरूलाई पनि समस्या पर्नेछ l हामी बाँच्ने २ तरिकाहरू छन l पहिलो चलिरहेका रीतिरिवाज, परंपरा र कानुनलाई मौन सहमति जनाउनु l तिनीहरूबाट हुने फाइदा बेफाइदाबारे कुनै प्रश्न नगर्नु l दोश्रो हामी जुन काम गर्दछौ त्यसलाई सचेत भएर गर्नु वा त्यों किन गरिरहेका छौ बुझेर गर्नु l ठीक कुराको समर्थन र गलत कुराबारे प्रश्न गर्नु सचेत नागरिकको कर्तव्य हो l सचेत भएर बाँच्नुमा बेग्लै किसिमको आनन्द आउंछ l बदलिंदो परिस्थिति अनुसार समाज बदल्नुपर्दछ l यदि नागरिकहरु सचेत छन र प्रश्न गर्नसक्ने साहस गर्दछन भने समाजको विषयमा सोच्ने, यसलाई बनाउने वा बिगार्ने अधिकार केही व्यक्तिहरुको मात्र हातमा सीमित हुँदैन l
तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l छोराछोरीबीचको भेदभाव अन्त्य गर्न आ आफ्नो क्षेत्रमा जे जति गर्न सकिन्छ, कृपया सधै पहल गरिरहनुहोला l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !
(तिम्रो पछ्यौरी उडायो हावाले .....)