गैर आबासीय नेपाली संघ पोर्चुगलको आसन्न तेश्रो अधिवेशनबाट बन्ने कार्य समितिमा राजनीति भन्दा माथी उठेर सम्पुर्ण जात जाती क्षेत्र िलंगको प्रतिनिधित्वको सुनीश्चीतताको लागि हामी बिचमा गरिएको सहमतीको विरुद्धमा सामाजिक एकतामा खलल पुर्याउने कुत्सीत मनसायले आदीबासी जनजातीको नाममा कुनै एक व्यक्तिवाट सहमती, समझदारी र सामाजिक एकतामा खलल पुर्याउने गरि भएको सचिव पदको उम्मेदवारी प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पोर्चुगलमा भएका आप्रबासी नेपालीहरुको साझा समस्यालाई सामूहिक प्रयासमा समाधान गर्नको निमित्त सर्व सहमतीको सार्थक प्रयास भैरहदा पोर्चुगलको सामाजिक अवस्थाको समेत यथार्थ जानकारी नहुने व्यक्तिले सामाजिक भावना विरुद्ध उम्मेदवारी दिनु सामाजिक सदभाव खल्बलाउन चाहने निकृष्ट मनोभावनाको उपज हो भन्ने हाम्रो साझा ठहर रहेको छ ।
युरोपमै नमुनाको रुपमा पहिचान कायम गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलको आगामी कार्य समितिलाई अझै उत्कृष्टताको उचाईमा पुर्याउने हाम्रो अभियान यस्ता घृणित गतिविधिले नविथोल्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सचिव पदका साझा उम्मेदवार नविन गौतमलाई आफ्नो अमूल्य मतदान गरि हाम्रो अभियानलाई सहयोग गरिदिनुहुन पोर्चुगलबासी सम्पूर्ण दाजुभाई दिदीवहीनीहरुमा हार्दिक आग्रह गर्दछौ ।
पूर्ण हमाल, अध्यक्ष जनसम्पर्क समिति पोर्तुगल
राम गौचन, अध्यक्ष जनप्रगतिशील मंच पोर्तुगल
बलराम बिक, अध्यक्ष नेपाली लोकतान्त्रिक मंच पोर्तुगल
-> यी अध्यक्ष महोदयहरुको पोर्तुगलमा कस्तो पृष्ठभूमि छन् भन्ने कुरा समयले बताउनेछ
पूर्ण हमाल, अध्यक्ष जनसम्पर्क समिति पोर्तुगल
राम गौचन, अध्यक्ष जनप्रगतिशील मंच पोर्तुगल
बलराम बिक, अध्यक्ष नेपाली लोकतान्त्रिक मंच पोर्तुगल
-> यी अध्यक्ष महोदयहरुको पोर्तुगलमा कस्तो पृष्ठभूमि छन् भन्ने कुरा समयले बताउनेछ