Wednesday, February 1, 2012

एनआरएन पोर्तुगल सहमतिमा, युरोपकै नमूना बनाउने प्रतिबद्धता


पोर्तुगलका राजनीतिक दलनिकट संगठनहरु राजनीतिक स्वार्थभन्दा माथि उठेर गैह्र आवासीय नेपाली संघ (एनआरएन) गठन गर्न सहमत भएका छन् । शनिबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संगठनहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

सहमति अनुसार अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा पूर्ण हमाल, अध्यक्षमा रमेश गुरुङ, प्रथम उपाध्यक्षमा डिलाराम चापागाईं, उपाध्यक्षमा पेम्बा शेर्पा र सचिवमा नवीन गौतम चयन हुनु भएको छ  ।

'समितिलाई आईसीसी सदस्य, अध्यक्ष र कोषाध्यक्ष लगायत चारवटा सदस्यहरु खोज्न जिम्मा दिइएको छ ।' सम्मेलनमा जनसम्पर्क समितिका अध्यक्ष पूर्ण हमालले पत्रकारहरुको पटक पटकको जिज्ञासामा खुलासा गर्नुभयो : 'हामी राजनीतिक स्वार्थभन्दा माथि उठेर सहमति गरेका छौ । भागबण्डा गरेको हुँदै होइन ।'

जनप्रगतिशील मंचका उपाध्यक्ष राममणि रिजालले दलहरुले स्वेच्छाचारी राजनीति नगर्ने कुरालाई जोड दिनुभयो । रिजालले माओवादीको कोटामा प्रथम उपाध्यक्ष, सह सचिव र तीनवटा सदस्यहरु परेको स्वीकार्नुभयो । लोकतान्त्रिक मंचका महासचिव उमेश चौलागाईंले मंचलाई उपाध्यक्ष र सचिव लगायत तीनवटा सदस्यहरु भाग परेको कुरा पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा कसले के के बोले सुन्नुहोस् :-