Tuesday, February 7, 2012

बितेका समयका अनुभवहरुको सम्झना र भविष्यका चाहना


हाम्रो चाहना - सातौ श्रृंखला (रेडियो स्क्रिप्ट)
................signature tune.......................
 देशको प्रगतिमा हाँस्नेहरू, नेपालीसंग नाता गाँस्नेहरू, सपनीमा नेपालमा नाच्नेहरू, हृदयमा देशको माया सांच्नेहरू, नमस्कार एवम हार्दिक अभिवादन ! हामी नेपाली पुराना इतिहासको मूल्याङ्कनसहित नयाँ नेपालको खाका कोर्न ढिला गर्नु हुँदैन l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" का साथ आज पनि यहाँ समक्ष आइपुगेको छु म योगेन्द्रमिलन छन्त्याल l म जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेको छु l अबको १ घन्टाको बसाइमा आज, बितेका समयका अनुभवहरुको सम्झना र भविष्यका चाहनाहरुबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l हामीसंग कर्णप्रिय नेपाली गीतहरु त सधै हुने नै गर्छन, सधै जस्तै आज पनि हामीलाई साथ दिनु हुने नै छ l विश्वास छ, कार्यक्रमको समयभर कम्प्युटर वा रेडियो सेटदेखि टाढा जानु हुने छैन ..................

हरेक व्यक्तिका आ आफ्नै अनुभवहरु हुन्छन् l एक आपसमा कुरा गर्ने हो भने एक अर्काका अनुभव र चाहनाहरु मिल्न पनि सक्छन l यस्तो अनुभव र चाहना मिलेमा हामी भन्छौ ओहो नि हामी त उस्तै उस्तै पो रहेछौ त l एउटा समाज, वातावरण र संस्कृतिमा जन्मेका, हुर्के बढेका र त्यही समाजका लागि केही गर्नुपर्छ भन्ने चिन्तन भएकाहरुका यस्ता अनुभव र चाहना अझ बढी मेल खानु स्वभाविक हो l कुरा हामी नेपालीहरुमा पनि मेल खान्छ l हामीहरु सबैको अनुभव मिल्न सक्छन, चाहना मिल्न सक्छन l आवश्यकता छलफलको हो l एक अर्कासंग छलफल गरेमा हामी नजिकिन्छौ, विचार मिल्नसक्छ l हाम्रो देशका लागि अभियानहरु पनि चलाउन सक्छौ l यसैले हामी हाम्रो चाहनालाई यस्तो वातावरण निर्माण गर्न केही मात्र भए पनि सहयोग पुरयाउनसक्ने गरी कार्यक्रमहरु उत्पादन र प्रशारण गर्न यहाँको निरन्तर सहयोग, सल्लाहसुझाव र प्रतिक्रियाको अपेक्षा राख्दछौ l किनभने चाहे हामी मेचीका हौ, चाहे महाकालीका, चाहे हिमालका हौ, चाहे पहाडका, चाहे तराईमा नै किन नबसौ ? हामी नेपाली हौ र नेपाल हाम्रो हो हैन र ?
पहिलो गीत (हामी नेपाली हाम्रो नेपाल .................)

बच्चा जन्मनेबितिकै भोक लाग्छ उसलाई l जब आमाले मुखमा दूध राखिदिनुहुन्छ र स्वाद मीठो हुन्छ, ऊ लोभिन्छ, जन्मेको केही क्षणमै दूध चुस्नको हतार l दूध मुखमा रहेन भने रुन्छ अझ l यी सबै सिकाइ हुन l पुराना अनुभवका कुरा जोडिएका छन यहाँ पनि l अलिक ठूलो भएपछि बाबाआमाले आबुई नि पोल्छ भन्दाभन्दै पनि बालक आगोमा हात राख्छ, सांच्चीकै पोल्दोरहेछ l अब ऊ कहिल्यै आगोमा हात राख्दैन डराउछ आगोदेखि l अरु कुरा पनि सिक्छ, बाबा आमाले भनेको मान्नुपर्दोरहेछ l तपाईको विगतको अनुभव अरुका लागि शिक्षाप्रद हुनसक्छ l तपाईको भावी योजना वा सपनाको आधारमा कसैले नयाँ बाटो बनाउन वा पाउन सक्नुहुन्छ l त्यसैले तपाईका विगतका तीता वा रमाइला अनुभवहरुको सम्झना र भावी चाहनाबारे छलफलमा भाग लिन चाहनुहुन्छ भने आफ्ना विचारहरू हामीसंग उल्लेख गर्न सक्नुहुन्छ l साथीहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ l आजको विषयवस्तुमा आफ्ना विचारहरू राख्न सक्नुहुन्छ l तपाई पनि आफ्नो भावना वा चाहना प्रस्तुत गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुन्छ l
स्वदेश वा विदेशमा जहाँ रहे पनि थुप्रै तीता मीठा अनुभवहरू संगालिन्छन नै l यी अनुभवहरु हाम्रा लागि प्रेरणाका स्रोत हुन्छन्, जिउनका लागि बाटा देखाउदछन l कुनै बढी अनुभवी, पाका वा अगुवा भएमा हाम्रो नेपाली समाजमा अरुलाई अर्ति दिने वा सुझाउने परम्परा पनि रहेको छ l जसले सिकारू वा जवानहरुलाई सिकाइका लागि सजिलो हुने गर्दछ l विगतमा विभिन्न बाध्यता, विवशता र परिस्थितिका कारण ५० लाखभन्दा बढी नेपालीहरू देशभन्दा बाहिर बरालिनु परयो र यो क्रम दिनदिनै बढ्दै रहेको छ l नेपालमा रहने साथीभाइ र इस्त्रमित्र भन्नुहुन्छ, चाडपर्व आउछन, जान्छन केही वास्ता हुँदैन भनेर l नयाँ वर्ष आउंन लागेको छ l तर प्रवासीहरुलाई भने चाडपर्व आउंदा अरु बढी समस्या हुन्छ रे ! चाडपर्वले सम्झाइदिन्छन रे गाउंघर, छ्वाल दौतरी र परिवारजन l प्रवासीको त छाती जल्छ रे, मुटु दुख्छ रे, मन टुक्रिन्छ रे l किन हो कसरी हो यो गीत सुनौ न हामी एकछिन है त ?
दोश्रो गीत (लाहुरेलाई चाडवाड नआएकै जाती ............................)

स्रोता, यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org र फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै peoplebot.com र nepalaustralianews.com मा पनि यहाँले हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ l हामी कार्यक्रमको सातौ सृंखलामा छौ र आज हामी छलफल गर्दैछौ - बितेका समयका अनुभवहरुको सम्झना र भविष्यमा चाहना विषयमा l यसैबीच एकजना साथी हाम्रो सम्पर्कमा आउनुभएको छ l कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ हामी .... (राजन सुनुवारसंगको कुराकानी) ......... अहिले हामी कुराकानी गर्दै थियौ राजन सुनुवारजीसंग l उहाँ हामीसंग अहिले अमेरिकाबाट कुराकानी गर्दैहुनुहुन्थ्यो l भूटानी शरणार्थीका बारेमा नेपाल सरकार सकारात्मक भएन l भूटानी शरणार्थिहरु अधिकांश नेपालीहरु हुन उनीहरुको संबोधन गरिनुपर्दछ उहाँ भन्दै हुनुहुन्थ्यो l हामीले विगतमा राजनीतिक दलहरुलाई भर परयौ, विश्वास गरयौ र साथ दियौ l तर उनीहरूले हाम्रो सोझोपन र इमान्दारिताका फाइदा उठाए l हाम्रा अनुरोधलाई लत्याए l हामी फस्यौ l हाम्रा सपना खेर गयो l किनकि उनीहरु सधै कुर्सीको खेल खेले l यो तितो अनुभवले हामीलाई भविष्यमा चनाखो र सचेत हुन सिकाएको छ l सचेत र सृजनात्मक दवाबसहित दलहरुको व्यवहार सच्च्याउनु पर्दछ l यही आशयको एउटा लोक दोहोरी प्रस्तुत छ यहाँसमक्ष फूल सम्झेको माया कांडा भो कलाकार राजु परियार र विष्णु माझीको साथमा l
तेस्रो गीत (फूल सम्झेको माया कांडा भो ........................)

तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, प्रवासीको चाहना वा नेपालमा रहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेकोछु l
हामी मनुष्यको जहिले पनि भविष्य सुखमय र राम्रो होस भन्ने चाहना वा आशा l देशमा पनि केही होला भन्ने आश किन नहुनु र ? तर हिजो र आजमा केही फरक पाइएन l यो अवस्थामा नेपालीहरुलाई चिन्ता झन बढ्नु स्वभाविक हो l देशभक्तहरुको मुटु पोल्छ, दिल जल्छ, नैराश्यता बढ्दै जांदा चाहनाहरु गुम्सिएका छन l स्वरसम्राट स्वर्गीय नारायण गोपालको यो भनाई सुनौ न त l
चौथो गीत (पर्खी बसे है आउला भनी ..........................)

कमाउंला परिवारको सपना पूरा गरौला l अरुको दांजोमा एउटा घर बनाउला l बालबच्चालाई पढ़ाउला, श्रीमतीलाई रोजेका कपड़ा फेरि दिउला l आमालाई बुढेसकालमा ख़ुशी पारम्ला l सोझो योजना हो नेपाली युवाको यो, तर कहाँ यस्तो हुँदोरहेछ र ? सोच एकातिर वातावरण कता हो कता फरक हुँदो रहेछ प्रवास आएपछि l हामीले कार्यक्रममा अनुभव उल्लेख गर्दै सधै भावी सपनाबारे पनि धेरथोर कुरा गर्ने गर्दछौ l प्रवासमा जब समस्यामा जकडिन्छ, अब प्रवासिलाई लाज लाग्छ, बेला बेला पैसा नकमाएको दोष पनि लाग्छ परिवार सदस्यबाट l बिगतको करोडपतिको सपना अब परिवारसंग सम्बन्ध पनि टुटाउनुपर्ने विवशता l हजारौ नेपालीहरुको यो बाध्यता बन्दोरहेछ l यस्तो किनभने एकार्काको समस्याबारे छलफल नहुँदा, नबुझ्दा l यो बेलामा प्रेयसीले बाचाहरू तोडेको समझन्छिन, रातमा छटपटिन्छिन, रुन्छिन र आँखाबाट आँशु बगाउछिन ममता दिपबिमले जस्तै l
पाँचौ गीत (तिम्रै यादमा कल्पी कल्पी ...............................)


देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l लोकतन्त्र र जनजीविकाका सवालमाथि छलफल चलाउंदै कार्यक्रमले राष्ट्रियता, अग्राधिकार, दीगो शान्ति र चरणवद्ध विकासका लागि सचेत र सामेल हुनका लागि निरन्तर अनुरोध गर्नेछ l
आज हामी बितेका समयका अनुभवहरुको सम्झना र भविष्यमा चाहना .... भन्ने विषयमा छलफल गरिरहेका छौ l यसैबीच एकजना साथीको कल लिनुपर्छ मैले ....(सम राउतसंगको कुराकानी).... भर्खर हामी कुरा गर्दै थियौ - KTM घर भई हाल इजरायलमा रहनुभएका सम राउतजीसंग l उहाँले देशको राजनितिक किचलोको अन्त्य हुनुपर्ने कुरामा जोड़ दिनुभयो l हामीलाई याद आउंछ - गाउंमा हाँसेको, खेलेको, नाचेको र गाएको l प्रवासीहरुलाई प्रवासमा सधै काम खोज्नुपर्ने समस्या छ l देश फर्कनलाई टिकेटको लागि पैसा छैन l चिन्ता लाग्छ भविश्यको, देशको अवस्था सम्झदा रातभरि निद्रा लाग्दैन l विरानो ठाउंमा रहंदा पनि मनभरि देशको तस्वीर झल्किरहन्छ l आँशु आँशुमा जिन्दगी बितिरहेको छ तर सुखको संसारको चाहना हुन्छ l सुन्नुहोस जीवन शर्मासंगै यो गीत सुसेली हालेर वनमा .....
छैठौ गीत (सुसेली हालेर वनमा ...............................)

स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै स्रोता र शुभचिन्तकहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l
चन्द्रबोल राइ अफगानिस्तान
तपाइको रेडियो कार्यक्रम धेरै राम्रो छ, प्रगति गर्दै जानुहोस यही छ मेरो चाहना !
दीपक राइ, अफगानिस्तान
तपाईको कार्यक्रम पूर्णत संवेदनशील र संदेशवाहक छ l म नेपालीहरुको तर्फबाट बधाई दिन चाहन्छु l सबै स्रोताहरुलाई मेरो अभिवादन सुनाइदिनु होला l
गायत्री लम्साल, इजरायल
भनिन्छ, गर्नेभन्दा गराउने ठूलो हुन्छ l यो हाम्रो चाहना पनि त्यस्तै छ l म कसरी बयान गरु ? आज छैठौ भाग सुनेपछि त मेरो आँखाबाट आँशु नै झरयो l यसलाई निरन्तरता चाहि दिइरहनुहोला l
दीपशिखा जी सी  
काम राम्रो छ, निरन्तरता दिनुहोला l
दीप शर्मा झापा, हाल कतार
बहुत राम्रो योगेन्द्र जी निरन्तरता दिइरहनु होला l शुभकामना !!!
धीरज छन्त्याल  आबु  ढाबी , UAE
धेरै राम्रो छ, तपाईले गर्नुभएको प्रयास l धन्यवाद
प्रेम श्यांग्तन लामा LTP , नेपाल
निरन्तरता दिइरहनु होला l
हेमबहादुर लम्साल KTM
good job, i like very much
रबी रोशी, कतार
Good Job Yogendra ji. I appriciate you.
बलबहादुर छन्त्याल
सबैभन्दा पहिला त आफ्नो देशको लागि योगदान दिनुभएकोमा अनि नजिकै आइपुगेको नव बर्ष २०६७ को हार्दिक हार्दिक शुभकामना l यसरी नै आफ्नो देशको उत्थान र पहिचानका लागि आवाज उठाउदै जानुहोस l सदैभ यो बल तपाईंकै साथमा रहने छ l
टेकबहादुर पून
I appriciate you. i am so happy.
टिकाराम बिश्वकर्मा, नारच्याङ गा.बि.स., म्याग्दी, हाल दोहा कतार (बिगत १३ बर्ष देखि कार्यरत) ।
कार्यक्रम अतिनै प्रशंसनिय छ, जन जिब्रोमा रहिरहने भाषा र हरेकको हृदयको बोली बोल्नु भएको छ । खाली समयमा म बिभिन्न वेभसाइटमा गएर समय बिताउथें, अब म तपाइकै रेडियो कार्यक्रम सुनेर बस्छु । यस कार्यमा तपाइका पाइला सधै बढिरहुन ।
शाही के.वि., बागलुंग बजार
I'm very proud of you...आफ्नो देशको माया जति परदेशमा बस्दा रहन्छ त्यति स्वोदेशमा बस्दा रहण l यो मैले पनि बिदेशमा बस्दा महशुस गरेको छु ..keep it up तपाईको प्रयास सदा सफल रहोस .. सगरमाथा झै उच्च रहोस . ...  प्रवासमा बस्ने र स्वदेशमा रहने सबैको प्रेरणाको पात्र बनी रहनुहोस .....
सम राउत, Israel
really nice good job......
अभय ढुंगेल
not so bad  कार्यक्रम
भूमिराज शर्मा दोहा, कतार
good !wonderful? nice .......
श्रीराम गौतम 
योगेन्द्र जी तपाइहरुको यो कार्यक्रम अत्यन्तै राम्रो र स्रहानिय छ । अबस्य पनि यस्ता कार्यक्रमहरुले देशमा केही परिबर्तन गर्नको लागी टेवा पुर्याउँछ र नेताको बुद्दिमा जनता र देश प्रतिको केही भावना ल्याउँछ की । यहाँहरुको कार्क्रमको उत्तरोत्तर प्रगतिको कामना
जगेन्द्र छन्त्याल दक्षिण कोरिया
राष्ट्रियता,लोकतन्त्र र जनजीविकाका विविध पहेलीहरुलाई सशक्तरुपले सम्बोधन गर्न तपाईले सन्चालन गरिरहेको "हाम्रो चाहना रेडियो कार्यक्रम" सफल हुन सकोस भनि हामी अग्रिम शुभकामना अभिव्यक्त गर्दछौं।
दिल सिरिस, बागलुंग
म सहमत छु तपाईको प्रस्तुतिमा l
हाईअंजल  राइ 
तपाईको बिचार राम्रो लाग्यो योगेन्द्रजी l
चूम लिम्बू थाईलैंड, साहित्यकार
सह्रानीय कार्यक्रम l मैले पनि केहि सृन्खलाहरु समय मिलाएर सुनेको छु l
मनु लोहोरुंग, सितलपाटी-६ संखुवासभा, हाल- इजरायल
मिलन जी ! तपाईंको पाँचौं अंकको लैंगिक विभेदको बिषयमा गरिएको छलफल एकदम मन पर्यो l तपाईंको यो कार्यक्रम हिजो राती ११ बजे देखि १२ बजे सम्म सुनें तेस्रो श्रींखला देखि लगातार नियमित सुन्दै आईरहेको छु lमलाई यहाँहरुको कार्यक्रम अति नै मन परेको छ l यो मातृभाषाको सम्बर्धन र आफ्नो देशको गौरव हो lआफ्नो व्यक्तिगत अनुकुलताले विश्वको जुनसुकै ठाँउमा रहे पनि जन्मभूमिको सेवा गर्न सकिन्छ भन्ने प्रत्यक्ष उदाहारण हो l यहाँको आगामी कार्यक्रमहरु अझै सशक्त र निरन्तर रहोस l मेरो शुभकामना !
Pramila मानन्धर, KTM
Keep up the good work. Wish you all the best for your future as well.
BIRBAL GURUNG, Portugal
तपाईको सबै कार्यक्रम सुने ख़ुशी लाग्यो l बिदेसमा बसेर पनि आफ्नो देशको बिकास कसरी गर्न सकिंछा भन्ने तपाईको राम्रो बिचारमा सबैको मनको कुरा सुन्न पाईयो,हामीलाई ख़ुशी लाग्यो,धेरै धन्यवाद छ,अनि यसरीनै राम्रो प्रगति गर्दै जानुस हाम्रो शुभकामना छ तपाईलाई ..........

सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव आठौ अंकमा समावेश गर्नेनै छौ l
स्रोता, हामीलाई यहाँहरु फेसबुक मार्फ़त पनि सल्लाह्सुझाव र प्रतिक्रिया दिनसक्नुहुन्छ l यसका लागि आफ्ना विचार प्रस्तुत गर्न रेडियो कार्यक्रम हाम्रो चाहना समूहमा प्रवेश गर्नसक्नुहुन्छ l अब म आजको विषयवस्तुहरु माथि स्रोताहरुका प्रतिक्रिया लिंदैछु l
Dinesh Thanvi
बितेका याद त छैनन तर म नेपाल सम्पन्न भएको हेर्न चाहन्छु नेताहरुको बुद्धि पलाओस l ताकि हामी समृद्ध बन्ने वातावरण निर्माण हुन सकोस l
तीर्थ छन्त्याल,
१२ बर्ष अगाडि म साउदी अरब जाँदा म्यान पावरबाट राहदानी लिएर हिँदे मसँग अरु पनि ४ जना साथीहरु थिए l सबैले हाम्रो राहदानी समायौ मात्र, केहि पनि हेरेनौ l हामीलाई भिसा कस्तो हो थाहा भएन l राहदानीमा लेखेको हुने रहेछ l नेपालमा हामीलाई सबैको काम पसलमा हो भनेको थियो तर हाम्रो भिसा त भेडा गोठालोको पो रहेछ l त्यसैले मेरो अनुरोध नेपालबाट आउनुपूर्व राहदानीमा भिसा कस्तो खाले हो, कति समयको लागि हो, गर्नुपर्ने काम के हो र सम्झौता पत्रमा तलब र सुबिधा के कस्तो छ ? राम्रोसंग बुझेर मात्रै आइदिनुहोला ।
धन मगर, कतार
हुनसक्छ जीवनका हरेक पलहरुमा राम्रा-नराम्रा घटनाहरु घटेका हुन्छन र भबिस्यको पनि कुनै न कुनै सोच हुन्छ ,,,,,
रमेश खत्री, खोटांग, नेपाल
बितेका कुराहरुलाई बिर्सिएर बर्तमानमा सम्हालिनुस ...................
शेरबहादुर छन्त्याल, बेल्जीयम
'बिगत' संग अनुभब संगालिएर रहेका हुन्छन तिता या मिठा । ठ्याक्कै भबिष्यको लागि मेल खान नसक्ला पनि तर पाठ र पथ दुबै देख्न र भेट्न सकिन्छ । चाहना असिमित हुन्छन मानवका । कुन र कस्तो चाहनालाई अगाडि बढाउने भन्ने कुरा थाहा नपाउदा अगाडि बढ्ने बाटो यसै गोलटोमल भएको हुन्छ । अन्तरकृया गर्नलाई राम्रो विषयवस्तु रोजिएको छ ।

आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l तर अझ स्रोताले दिनुभएका जानकारीहरु भने छन हामीसंग l इलाम बजारमा पनि हाम्रो चाहना कार्यक्रम सुनिरहेका छौ भन्ने जानकारी प्राप्त भएको छ हामीलाई, कन्चनपुरमा पनि हाम्रो कार्यक्रम सुनिएको छ रे ! हिमाल पारिको जिल्ला मुस्तांगका साथीहरु पनि हाम्रो कार्यक्रम सुनिरहनु हुन्छ रे, तराईको जिल्ला रौतहटको गौरमा पनि कार्यक्रम सुन्नुहुन्छ रे साथीहरु ! आजको छलफलबाट हामीले पुराना इतिहासको मूल्याङ्कन सहित नयाँ नेपालको खाका कोर्न ढिला गर्नु हुँदैन l सबै सचेत भई सकारात्मक दवावको सृजना गरी राजनीतिक द्ल्हारुलाई सही मार्ग मा दोहोर्य उनु पर्दछ ताकि देश मा शान्ति, समृद्धि, सुशासन र सुव्यवस्था कायम होस l एशिया, यूरोप, अमेरिका र अस्ट्रेलिया गरी ४ वटा महादेशका करीब १०० देशहरुबाट हामीलाई प्रतिक्रियाहरु प्राप्त भैरहेका छन l यो उपलब्धि तपाईको सहयोगमा प्राप्त भएको हो l अझ हामी अनुरोध गर्दछौ र विश्वास छ, इन्टरनेटमा पहुँच हुने सबै साथीहरुलाई यो कार्यक्रम सुन्न यहाँले अनुरोध गर्नुहुनेछ l तपाई हाम्रा चाहनाहरु कसिलो बनाउनु पर्छ, दरिलो बनाउनु पर्छ, चोखो बनाउनु पर्छ, सबै नागरिकहरुको भावना समेटनु पर्दछ l सबै जनाको अनुभव र सिकाइबाट साझा चाहना बनाइ ती चाहनालाई सफल पार्न एकजुट भएर पहल गरयौ भने देशमा केही परिवर्तन गर्न सकिनेछ l जसले नयाँ नेपाल निर्माणमा सहयोग पुग्नेछ l सबैको मनको आवाज बनाएर हाम्रो चाहनालाई सुरिलो मादलुको तालजस्तै गुंजाउन र घन्काउन जरुरी छ हैन र ?
सातौ गीत (आकाशमा गुन्जियो, गाउंघरमा ...............................)

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिदै रहनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण गर्न आ आफ्नो क्षेत्रमा सधै पहल गर्नुपर्दछ l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !